
काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार रुपमा बढी रहेको छ । पछिल्लो एक हप्तामा मात्रै सुनको मूल्य तोलाको करिब १३ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक हप्ताको अवधिमा सुनको मूल्य १२ हजार ९०० रुपैयाँले बढेको छ । गत साउन १५ गते शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएकोमा साउन २२ गते शुक्रबारसम्म आइपुग्दा मूल्य १२ हजार ९०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको हो ।
महासंघका अनुसार, गत साउन १७ गते आइतबार र साउन १८ गते सोमबार दुई दिन नै सुनको कारोबार स्थिर भइ प्रतितोला २ लाख ८४ हजार रुपैयाँमै कारोबार भएको थियो । साउन १९ गते मंगलबार भने सुन प्रतितोलामा २०० रुपैयाँले घटेर २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । साउन २० गते बुधबार देखि भने सुनको मूल्य लगातार बढ्न थाल्यो । बुधबार एकैदिन ४ हजार २०० रुपैयाँले बढेको सुनको मूल्य उक्त दिन २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, साउन २१ गते बिहीबार एकैदिन सुनको मूल्य ८ हजार रुपैयाँले बढ्यो । त्यो दिन नेपाली बजारमा सुनको मूल्य २ लाख ९६ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै, साउन २२ शुक्रबार पनि सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि