
भक्तपुर । भक्तपुरमा बजार मूल्यभन्दा बढी मूल्यमा खाना पकाउने एलपी ग्यास बिक्री गरी कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोट बारुदखाना चोकमा भाडामा बस्ने ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार त्वयनाले उपभोक्तालाई प्रतिसिलिन्डर ७ हजार रुपैयाँका दरले ग्यास बिक्री गरिरहेको विशेष सूचना प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको किराना पसलमा चेकजाँच तथा अनुगमन गर्दा ३ थान एलपी ग्यास सिलिन्डर फेला पारेको प्रहरीले जनाएको छ। बजार मूल्यभन्दा कयौँ गुणा बढी मूल्यमा ग्यास बिक्री गरी कालोबजारी गरेको आरोपमा त्वयनालाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक कुमार कार्कीका अनुसार पक्राउ परेका त्वयनालाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि