
म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई आज राहत वितरण गरेको छ । यही साउन ११ गते बेनी नगरपालिका-३ चिनाखेतमा गएको पहिरोमा पुरिएर ज्यान गुमाएका ७० वर्षीय लालबिर छन्त्यालका परिवारलाई नगरपालिकाले रु दुई लाख राहत उपलब्ध गराएको हो ।
नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, वडाध्यक्ष पदम पुन, कार्यपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक अणबहादुर खड्का, वडा नम्बर ८ का वडाध्यक्ष उत्तम कर्माचार्य, कार्यपालिका सदस्य मनकुमारी विकलगायतको टोलीले राहत वितरण गरेको हो ।
मृतक छन्त्यालकी श्रीमती दिलमतीलाई नगरप्रमुख केसीले नगद हस्तान्तरण गरेका थिए। पहिरोमा पुरिएर लालबिरको मृत्यु र दिलमती घाइते भएका थिए। पहिरोका कारण पन्ध्र परिवार जोखिममा परेका छन् भने आमा समूहको सामुदायिक भवन र खेलमैदानमा बाढी पसेर पुरिएको छ ।
खेतबारी र सुन्तला बगैँचा पुरिएको छ । नगरपालिकाको टोलीले पहिरोले क्षति पुर्याएको क्षेत्रको निरिक्षण गर्दै रोकथाम र क्षति न्युनिकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । यसअघि मृतकका परिवारलाई गण्डकी प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत किरियाखर्चबापत रु ५० हजार सहयोग गरेको थियो ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान