
काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, आजै दुई वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची छ ।
बिहान ११ः०० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा ‘२०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम छ । विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । सो समितिको बैठकमा ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल’ गर्ने कार्यसूची छ ।
फेसबुक प्रतिक्रिया













समाचार
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
करेन्ट लागेर चितुवाको मृत्यु
पछिल्लो २४ घण्टामा सबैधन्दा धेरै वर्षा चितवनमा
सेनाको निष्कर्ष : सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय
आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) आजदेखि विधिवत् आरम्भ
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द
कपिलवस्तुकाे भाइरल डाँडानजिक पहिरो जाँदा पूर्व- पश्चिम राजमार्ग अवरुद्ध
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ
तीन मनसुनी प्रणाली सक्रिय, यी स्थानमा भारी वर्षाकाे सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर