
काठमाडौं । प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँ सहित पर्साको वीरगन्ज महानगरपालिकाबाट ४ जनालाई पक्राउ गरेको छ । सोमबार साँझ आरोपीहरू वीरगन्ज–१० स्थित आदर्शनगरबाट पक्राउ परेका हुन् । दुईवटा मोटरसाइकलमा सवार आरोपीहरूलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम फेला परेको पर्साका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा भारतको सीतामढी घर भएका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ घर भएका ३२ वर्षीय उपेन्द्र साह, सोही ठाउँका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दबासिनी गाउँपालिका–१ झौवागुठी घर भएका २५ वर्षीय राहुलकुमार गुप्ता छन् ।
प्रहरीले सुरज कर्णको साथबाट १ लाख, उपेन्द्र साहको तर्फबाट १८ लाख १६ हजार, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद गरेको छ । बरामद नगद ५ सय र १ हजारका नोट छन् । आरोपीहरूमाथि पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरू प्रदेश २–०३–००३ प ७२१५ नम्बरको सुपर स्प्लेन्डर र ना. ५७ प ५१८२ नम्बरको एफजेड मोटरसाइकलमा सवार थिए ।












समाचार
बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?
सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी सहति अन्य सूचक कस्ता ?
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी
फत्तेपुर दोभानमा रु २ करोड ६१ लाखको बेलिब्रिज निर्माण हुँदै