
काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल नेपाली बजारमा सार्वजनिक भएको छ। कम्पनीले नाइमा अटो शो २०२६ मा उक्त स्कुटर सार्वजनिक गरेको हो।
नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग जोड्न सकिने डिजिटल एलसीडी डिस्प्ले र सुजुकी राइड कनेक्ट सुविधा दिइएको कम्पनीले जनाएको छ। यसमार्फत स्कुटर चलाइरहेका बेला आवश्यक विभिन्न जानकारी प्राप्त गर्न सकिनेछ।
स्कुटरमा टर्न–बाई–टर्न नेभिगेसन र अनुमानित यात्रा समय, आउने फोनको सूचना, एसएमएस तथा ह्वाट्सएप नोटिफिकेसन, मिस्ड कल अलर्ट, मोबाइलको ब्याट्री र नेटवर्कसम्बन्धी जानकारी, स्पिड अलर्ट, ट्रिप रेकर्ड, पार्क गरिएको अन्तिम स्थान तथा सर्भिस रिमाइन्डरलगायत सुविधा उपलब्ध छन्।
कनेक्टिभिटी सुविधाका साथै एक्सेस १२५ मा सुजुकीको १२४ सीसी इन्जिन रहेको छ। दैनिक सहरी यात्रालाई थप सहज र सुविधाजनक बनाउने उद्देश्यले यसमा विभिन्न व्यावहारिक सुविधा समावेश गरिएको कम्पनीको भनाइ छ।
सुजुकी मोटरसाइकल नेपालका महाप्रबन्धक पारस जैनले नयाँ एक्सेस १२५ कनेक्टेड मोडलमार्फत नेपाली स्कुटर प्रयोगकर्ताका लागि उपयोगी स्मार्ट प्रविधि ल्याइएको बताए।
उनले स्मार्ट कनेक्टिभिटी, सहजता र सुजुकीको विश्वसनीय प्रदर्शनको संयोजनले नयाँ एक्सेस १२५ कम्पनीको उत्पादन पोर्टफोलियोमा थप आकर्षक बन्ने विश्वास व्यक्त गरे।
नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल नाइमा अटो शो २०२६ मा रहेको सुजुकीको प्याभिलियनमा प्रदर्शनमा राखिएको छ। नेपालमा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भी.जी. अटोमोबाइल्स प्रालि रहेको छ ।













समाचार
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
सिरुबारी पहिरोः बेनी-जोमसोम सडकको मुख्य चुनौती
ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली आवश्यक : सरोकारवालाहरु
नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट
पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति
‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’