
बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।नेपालगञ्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ताल यतिबेला झाँडी, बुट्यान फैलिएर कुरूप बन्दै गएको छ । सौन्दर्यताका लागि नेपालगञ्ज उपमहानगरले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन् ।
तालको संरक्षण र पूर्वाधार सुरक्षाका लागि सरोकारवाला निकायलाई पटकपटक खबर गरे पनि हालसम्म सुनुवाइ नभएको स्थानीयहरूले बताएका छन् । कान्तितालमा विभिन्न पन्क्षीहरूको बासस्थान रहेकाले पर्यावरण क्षेत्रमा काम गर्नेहरूले तालको संरक्षणका लागि आवाज उठाइरहेका छन् ।
नेपालगञ्ज उपमहानगरले ताल संरक्षण गरी पर्यटकीयस्थल बनाउन रु १० करोड खर्चेको कान्तिताल संरक्षणको अभावमा कुरूप र जीर्ण बन्दै गएको स्थानीय बुढाको भनाइ छ । ताल क्षेत्र अहिले लागुऔषध दुर्व्यसनीको जमघटस्थल बनेको भन्दै रातको समयमा शंकास्पद गतिविधि हुने गरेका स्थानीयको गुनासो छ ।
तालको नियमित रेखदेख र सरसफाइको अभावमा करोडौँको लगानी गरिएको आयोजना अनुत्पादक र जीर्ण अवस्थामा पुगेको छ। नेपालगञ्ज उपमहानगरले विसं २०७५ मा कान्तिताललाई व्यवस्थित गरेर पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो ।
ताल सञ्चालनका लागि वार्षिक रु २८ लाख उपमहानगरलाई राजस्व बुझाउने गरी ठेक्का लिएका फनबहादुर गुरुङले लागुऔषध प्रयोगकर्ताहरूले रेलिङ तोडफोड गरेका हुनसक्ने बताए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कान्तिताललाई व्यवस्थित गर्न उपमहानगरले नयाँ योजना बनाइरहेको बताए । विगतमा ताल संरक्षणको लागि बनाइएका योजना सफल हुन नसकेकाले सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरी प्रभावकारी योजना बनाइ संरक्षणका लागि लागू गरिने उनको भनाइ छ ।












समाचार
सरकारी प्रसारण लाइन निजी क्षेत्रका लागि खुला, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
ऊर्जा क्षेत्रमा लगानीको नयाँ बाटो खुल्योः ऊर्जामन्त्री
करदाता प्रोत्साहन उपहार कार्यक्रममा बीजक प्रविष्टि अनिवार्य
सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए, चीन र सार्क क्षेत्रबाट उल्लेख्य वृद्धि
विपद्पछिको पुनःस्थापनामा अष्ट्रेलियाको साथ, प्रधानमन्त्री शाहले दिए धन्यवाद
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस
दुईतिहाइ नजिकको शक्ति प्रयोग गरेर भ्रष्टाचारीलाई कारबाही गरे श्रम संस्कृतिले जुनुसकै सहयोग गर्छ : आरेन राई
अर्थतन्त्रसँग सम्बन्धित तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ८९ करोड
विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध भएको कालीगण्डकी करिडोर आयो सञ्चालनमा