
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले एक वर्षको अवधिमा १३ करोड भन्दा बढी नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्ममा अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त नाफा आर्जन गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १३ करोड ८ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७१.२२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४५ करोड २० लाख १० हजार रुपैयाँ रहेको थियो । कम्पनीको बीमा कोषमा भने उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा बीमा कोष ३३.५३ प्रतिशतले बढेर ७ अर्ब ९४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कोष ५ अर्ब ९५ करोड १५ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, कम्पनीले विपद् कोष पनि ४.०४ प्रतिशतले वृद्धि गरी १६ करोड ७६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कोष १६ करोड ११ लाख रुपैयाँ रहेको थियो । जोखिम व्यवस्थापनका लागि कोष विस्तारले कम्पनीको वित्तीय सुरक्षालाई थप बलियो बनाएको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब १० करोड १५ लाख ६७ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले समीक्षा अवधिमा १ अर्ब ९५ करोड ५० लाख ८० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन १ अर्ब ७६ करोड ७१ लाख ८ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९७ करोड ५७ लाख ८८ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३१.३० प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यस्तो भुक्तानी ३ अर्ब २ करोड ७९ लाख ५ हजार रुपैयाँ रहेको थियो । कम्पनीको कुल आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कुल आम्दानी २ अर्ब ९५ करोड ५४ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको कुल आम्दानी २ अर्ब ७५ करोड ७ लाख ४३ हजार रुपैयाँ रहेको थियो । यसअनुसार कुल आम्दानी ७.४४ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै लगानीबाट प्राप्त आम्दानी भने केही घटेको छ । अघिल्लो वर्ष २५ करोड ४४ लाख ९१ हजार रुपैयाँ रहेको लगानी आम्दानी समीक्षा अवधिमा १८ करोड ६३ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । यस अवधिमा कम्पनीको कुल खर्च २ अर्ब ७७ करोड ८० लाख ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो खर्च २ अर्ब ८ करोड ८३ लाख ७ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको कमिसन खर्च भने १६.७९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ७ करोड २९ लाख ९६ हजार रुपैयाँ रहेको यस्तो खर्च समीक्षा अवधिमा ६ करोड ७ लाख ४२ हजार रुपैयाँमा झरेको छ । कम्पनीको सञ्चित आम्दानी भने अघिल्लो वर्षको तुलनामा ६२.०६ प्रतिशतले घटेर ७ करोड ९८ लाख ६६ हजार रुपैयाँमा कायम भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २१ करोड ४ लाख ८९ हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १९ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ९५ पैसा कायम भएको छ ।












समाचार
भदौका लागि पनि घट्यो वाणिज्य बैंकहरूको औषत ब्याजदर, कुन बैंकको कति ?
सन नेपाल लाइफको नाफा ४१ करोड ८५ लाख, जीवन बीमाकोषमा २७ प्रतिशतले वृद्धि
लक्ष्मीले कमायाे ३ अर्ब माथि नाफा, इपीएस कति ?
वित्तीय सूचकमा सुधार गर्दै नेपाल बैंक, ४ अर्ब ५० करोड खुद नाफा
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, अन्य सूचक कस्ता ?
एनआईसी एशिया बैंक एक वर्षमै नोक्सानीबाट नाफामा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ३६.५९% ले घट्यो
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
नेशनल लाइफको जीवन बीमाकोष खर्बमाथि, यस्ता छन् कम्पनीका वित्तीय सूचक ?
दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज