
काठमाडौं । विश्वका १० मध्ये चारवटा स्वास्थ्य सेवा संस्थाले मात्र बिरामी तथा स्वास्थ्यकर्मीका लागि आवश्यक आधारभूत सरसफाइ मापदण्ड पूरा गरेका छन्। संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र युनिसेफले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका ११ प्रतिशत स्वास्थ्य संस्थामा सरसफाइ सेवा नै उपलब्ध छैन।
डब्लुएचओ र युनिसेफको प्रतिवेदनले पहिलोपटक स्वास्थ्य सेवा संस्थामा आधारभूत सरसफाइ सेवाको विश्वव्यापी अवस्था मापन गरेको हो। सन् २०२५ का लागि गरिएको अनुमानमा केवल ४० प्रतिशत स्वास्थ्य संस्थामा बिरामी तथा कर्मचारीका आवश्यकता पूरा गर्ने, पहुँचयोग्य र प्रयोग गर्न मिल्ने शौचालय रहेको पाइएको छ।
वातावरणीय सफाइको अवस्था भने अझ कमजोर देखिएको छ । केवल ५९ प्रतिशत स्वास्थ्य संस्थाले आधारभूत वातावरणीय सफाइ मापदण्ड पूरा गरेका छन् । यसका लागि निश्चित सफाइ प्रक्रिया तथा त्यसमा तालिमप्राप्त कर्मचारी आवश्यक पर्ने र सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा यसको महत्त्वपूर्ण भूमिका रहने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार करिब एक अर्ब ५० करोड मानिसलाई सेवा प्रदान गर्ने १८ प्रतिशत स्वास्थ्य संस्थाले वातावरणीय सफाइका कुनै पनि आधारभूत आवश्यकता पूरा गरेका छैनन् । यससम्बन्धी निष्कर्ष ५४ देशको तथ्याङ्कमा आधारित छ ।
गरिब तथा विकासका दृष्टिले पछाडि परेका देशमा स्वास्थ्य संस्थाको सरसफाइ अवस्था अझ कमजोर रहेको पाइएको छ । विश्वका अति कम विकसित राष्ट्रमा केवल २४ प्रतिशत स्वास्थ्य संस्थाले आधारभूत वातावरणीय सफाइ मापदण्ड पूरा गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका स्वास्थ्य तथा बालसम्बन्धी निकायले स्वास्थ्य संस्थामा सरसफाइ, खानेपानी र फोहोर व्यवस्थापनको कमजोर अवस्थाले बिरामी तथा स्वास्थ्यकर्मी दुवैको स्वास्थ्य जोखिम बढाउन सक्ने भएकाले आधारभूत सुविधामा लगानी र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको औँल्याएका छन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम