
काठमाडौं । लामो समय पछि यो साता सेयर बजार बढेर बन्द भएको छ । अघिल्ला हप्ताहरुमा घटेर बन्द हुने गरेको सेयर बजार यो साता भने बढेर बन्द भएको हो ।
यो साता नेप्से परिसूचक साढे १६ अंक बढेर बन्द भएको छ । गत साता २५४२.७७ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.६६ प्रतिशत अर्थात १६.७२ अंक बढेर २५५९.४९ विन्दुमा बन्द भएको हो । यो साताका चार कारोबार दिनमध्ये बजार दुई दिन बढ्यो भने दुई दिन घट्यो । यो साता फ्लोट इण्डेक्स १.३५ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ४.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४८ अंक बढेको छ।
नेप्सेसँगै यो साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ३ अर्ब २४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औषतमा ४ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २६.४४ प्रतिशत बढेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या १८.०८ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १.०१ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ०.६६ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यो साता २८ अर्ब रुपैयाँ बढेर ४४ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ ।
यो साता १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.४१ प्रतिशत बढेको छ । गत साता ९२९०.७० विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यो साता १३१.३६ अंक बढेर ९४२२.०६ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यो साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो।
यो साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७२ प्रतिशत घटेको छ । गत साता २२५५.०२ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यो साता ६१.२७ अंक घटेर २१९३.७५ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ८४.०४ अंक घटेको छ ।












समाचार
आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण
आम्दानीको स्रोत बन्यो रातो च्याउ
शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’
एसिसी प्रिमियर कप फाइनलः उपाधिका लागि नेपाल र युएई मैदानमा
आज विश्व प्राथमिक उपचार दिवस
साता दिनमै ६ हजार ४ सय रुपैयाँले घट्यो सुन, तोलाको कति ?
मनसुनी वायु सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मधेशमा कर्जा विस्तार र गुणस्तरीय ऋणमा जोड दिँदै सिटिजन्स बैंक
इजिपी प्रणाली बन्द भएकोमा नेकपाको आपत्ति, निष्पक्ष छानबिनको माग