
काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लि.काे साधारणासभा आज हुँदै छ । भदौ ३१ गते बुधबार ठमेल प्लाजा होटल एण्ड सुइटसको सभाकक्ष, ठमेल, काठमाडौं विहान ९ बजे देखि सुरु हुनेछ।
सभाले संचालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८२/ ०८३ को नाफा नोक्सान हिसाब, शेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरु उपर छलफल गरि पारित गर्नेछ ।
सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/०८४ को लेखापरिक्षण गर्नको लागि लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले सार्वसधारणका लागि छुट्याइएको शेयर जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट प्रबन्ध पत्र तथा नियमावली संशोधन लगायत कुनै पनि किसिमको फेरबदल, संशोधन एवं थपघट सम्बन्धी कुनै निर्देशनहरु प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट गर्न संचालक समिति वा संचालक समितिले तोकेको प्रतिनिधिलाई आवश्यक सम्पुर्ण अख्तियारी प्रदान गर्नेछ । सभाले कम्पनीको व्यवसाय विस्तारका लागि जग्गा खरिद गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।












समाचार
सामाजिक सञ्जालले फेरिएको व्यापार शैली
किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ, भौतिक प्रगति ५१ प्रतिशत
१४ वर्षमै आमा, २० प्रतिशत सुत्केरी २० वर्षमुनिका
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार
माइतीघर मण्डलामा महिनौँदेखि राखिएका टेन्ट प्रहरीले हटायो, दिउँसोको प्रदर्शन भने नरोकिने
तेलको मूल्य घट्ने ट्रम्पको दाबी
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा