
पोखरा । पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीन र निर्देशक नियुक्त गरिएको छ । डिनमा सहप्राध्यापक डाक्टर डेविड श्रेष्ठ र अस्पताल निर्देशकमा सहप्राध्यापक डाक्टर झपिन्द्र पोखरेल नियुक्त भएका हुन् ।
प्रतिष्ठानको प्रशासनिक तथा शैक्षिक सुधारका लागि ३ असोजमा श्रेष्ठलाई डीन र पोखरेललाई अस्पताल निर्देशकको जिम्मेवारी दिइएको हो । ‘प्रतिष्ठानको शैक्षिक स्तर वृद्धि, अध्ययन अनुसन्धान र नयाँ कार्यक्रम विस्तारमा मेरो ध्यान केन्द्रित हुनेछ,’ नवनियुक्त डीन श्रेष्ठले भने ।
नवनियुक्त निर्देशक पोखरेलले अस्पतालको सेवा सुधारलाई प्राथमिकतामा राखिने निर्देशक पोखरेलले बताए । ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तरीय, पहुँचयोग्य र प्रविधिमैत्री बनाउन म निरन्तर खट्नेछु,’ उनले भने ।
लामो समयदेखि चिकित्सा शिक्षा, अनुसन्धान र प्राध्यापनमा सक्रिय श्रेष्ठ प्रतिष्ठानका अनुभवी विशेषज्ञ मानिन्छन् । अस्पताल व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाहमा पोखरेलले यसअघि पनि विभिन्न जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन् । उनी हाडजोर्नी विशेषज्ञ हुन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम