कपिलवस्तुकाे भाइरल डाँडानजिक पहिरो जाँदा पूर्व- पश्चिम राजमार्ग अवरुद्ध

रुपन्देही । लगातारको वर्षाका कारण कपिलवस्तुको भाइरल डाँडानजिक पहिरो जाँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शनिबार राति करिब ८ बजे दाङ–कपिलवस्तु सडकखण्डअन्तर्गत भाइरल डाँडानजिक पहिरो गएको हो ।

पहिरोका कारण सडकमा माटो तथा ढुंगा खसेपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ । हिरो गएको स्थानमा इलाका प्रहरी कार्यालय चन्द्रौटाको टोली पुगेर अवस्थाबारे जानकारी लिइरहेको छ।

लगातार वर्षा भइरहेकाले थप पहिरो खस्नसक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले सडकमा सावधानी अपनाउन आग्रह गरेको छ। सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर