
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दिन झिनो अंकले बढेको बजार आज दोहोरो अंकले घटेर बन्द भएको हो ।
आज सेयर बजार परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २०७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६१ कम्पनीको सेयर मूल्य बढेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि १.७४ अंकले घटेर ४६३.०२ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने बाँकी दुई वटाको मूल्य बढेको छ ।
परिसूचक घटेको दिन बजारमा ४ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३५६ कम्पनीका १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर ४३ हजार ६८५ पटक खरिद बिक्री गर्दा ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद