
समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न माग राख्दै त्रिभुवन विश्व विद्यालयका केही विद्यार्थीहरू प्रशासन शाखामै धर्नामा बसेका छन् । ट्रान्सक्रिप्ट उपलब्ध गराउन ढिलाइ गरेको र नतिजा समेत असम्बन्धित विषयको प्रकाशित गरेको भन्दै बिहीबार देखि त्रिवि प्रशासनमा धर्नामा बसेका हुन् ।
गत मङ्सिर मै ट्रान्सक्रिप्ट लिनका लागि निवेदन दिएर पटकौँ पटक धाउँदा पनि त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट उपलब्ध नगराएको, ६ वटा विषयमा परीक्षा दिएको तर ११ ओटा विषयको नतिजा निकाल्ने जस्तो गैरजिम्मेवार कार्यको विरुद्धमा त्रिविका आम विद्यार्थीहरू प्रशासनमा धर्नामा बसेका हुन् ।
प्रवीण दाहाल, ममता जोशी, अर्जुन बगाले, आशिष शाक्य, बिना श्रेष्ठ, असल गैरे, कृष्ण साउद, प्रदीप भण्डारी लगायतका विद्यार्थीहरू धर्नामा बसेका हुन् ।
फेसबुक प्रतिक्रिया













समाचार
बैङ्किङ कसुर मुद्दाका चार फरार प्रतिवादी पक्राउ
नेदरल्यान्डससँग नेपाल ५७ रनले पराजित
मनसुनीको प्रभाव, कस्तो रहला आजको मौसम ?
विदेशी मुद्राको विनिमयदर : यस्तो छ अन्तराष्ट्रिय मुद्राको मूल्य
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित