
काभ्रेपलाञ्चोक जिल्लामा तीन सय २६ सिँचाइ आयोजना निर्माण भएका छन् । बागमती प्रदेश सरकार तथा सङ्घीय सरकारको सशर्त अनुदानमा एक वर्षमा ती आयोजना पूरा भएका जिल्ला जलस्रोत तथा सिँचाइ विकास कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारको बजेटमा दुई सय ९७ योजनाका लागि बजेट विनियोजन गरिएकामा दुई सय ८८ वटा योजना सम्पन्न भएका उक्त कार्यालयका सूचना अधिकारी कुश बुढाथोकीले जानकारी दिए ।
प्रदेश सरकारअन्तर्गतका योजनामध्ये चार योजना कार्यान्वयनमा जान सकेका थिएनन् भने पाँच योजना गत असारमा सम्झौता भई काम सुरु भएको छ । त्यसैगरी सङ्घीय सरकारको सशर्त अनुदानतर्फ २९ योजनामा बजेट विनियोजन भएकामा दुईवटा एकीकृत ऊर्जा कार्यक्रमअन्र्तगतका सिँचाइ आयोजनाबाहेक २७ योजनाको काम भएको उक्त कार्यालयले जनाएको छ । अघिल्ला आर्थिक वर्ष र गत आर्थिक वर्षमा कार्यालयले कार्यान्वयन गरेका १७ बहुवर्षीय सिँचाइ आयोजनामध्ये दुई वर्षअघि सुरु गरिएका तीन आयोजनाको काम सम्पन्न भएको इन्जिनियर बुढाथोकीले बताए ।
बहुवर्षीय सिँचाइ योजनामध्ये चाखोला–चिते–सिङ्गे–चैनपुर सिँचाइ आयोजना मण्डनदेउपुर–३ र ४, आँसीखोला–आँपखोला सिँचाइ योजना मण्डनदेउपुर–४ र लप्सीबोट डिही–ओडारे–घिमिरेगाउँ बञ्जरे–रुप्सेटार मोड सिँचाइ आयोजनाको निर्माण सम्पन्न भएको हो । जिल्लामा सञ्चालित बहुवर्षीय सिँचाई योजनामध्ये तेमाल गाउँपालिका–८ स्थित सिँचाइ योजना, पाँचखाल नगरस्थित शङ्करेबाँध–ब्रम्हायणी सिँचाइ योजना निर्माण भइरहेको छ । त्यसैगरी पाँचखालकै चाखोला–जोरपिप्ले लिफ्ट सिँचाइ योजना, बनेपाको हिले–जलजले पर्यटकीय ताल, तेमालमा सुनकोशी–चोपाटार–मुक्पाटार सिँचाइ योजना र थिलवार पारी थिल्वार रोशी लिफ्ट सिँचाइ योजना, पनौतीमा बस्नेतटार लिफ्ट सिँचाइ योजना, रोशी गाउँपालिकामा शिखरटार सिँचाइ योजना, रोशी खोलाबाट काल्धारसम्मको लिफ्ट सिँचाइ आयोजनाको काम जारी रहेको उक्त कार्यालयले जनाएको छ । महाभारत गाउँपालिकामा चारवटा बाहुनविर्ता–मुलिखोला लिफ्ट सिँचाइ योजना, कोखाजोर खोला आपटार गोकुले सिँचाइ योजना, चाउखोला धाप लिफ्ट सिँचाइ योजना, चाउखोला सोक्तेल सिँचाइ योजना र पोखराखोला–बेसारे खानीटार–छाङटार सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा छन् ।
यसैबीच खानिखोला गाउँपालिका–५ गैरीखोला तालढुङ्गामा एक घर एक धारा कार्यक्रमअन्तर्गत एक सय ४५ घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको छ । गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवाः) सिन्धुली तथा स्थानीय जनश्रमदान गरी रु एक करोड छ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त खानेपानी आयोजनाको २०८० साल साउन १ गते सम्झौता गरिएको र समयमै निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनले उक्त खानेपानी आयोजनाको शनिबार उद्घाटन गरेका थिए ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द