
दुई महिनामा बाढी पहिरोलगायतका विपद्मा परेर १९० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार, सोमबार दिउँसोसम्म विभिन्न विपद्मा परेर काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा ८, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ ।
देशभर २३८ जना घाइते छन् । उनीहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले विपद्का कारण जोखिममा परेका ११४ जनाको उद्दार समेत गरेको छ । बाढी पहिरोमा परेर देशभर ४९ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाढी पहिरोका कारण ३ सय २७ वटा घर, १ सय १२ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८ सय ५२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ८ सय १९ घर परिवार विस्थापित भएको प्रहरीले उल्लेख गरेको छ।













समाचार
ट्रम्पद्वारा क्यानेडियन आयातमा भन्सार महसुल तत्कालका लागि स्थगित, अझै महत्त्वपूर्ण काम बाँकी रहेको कार्नीको भनाइ
रुपाकोट रिसोर्टले आईपीओ निष्कासनको तयारी थाल्यो, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
प्रेस काउन्सिलका चार सदस्यको शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त
प्रधानमन्त्री शाह र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात
कृषि उद्यम केन्द्रमा सल्लाहकार र सदस्य मनोनित
सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने सरकारको निर्णय
दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला