
वर्षाका कारण मानसरोवर कैलाश जाने चीनतर्फको भू–भागमा शुक्रवार रातिदेखि अवरुद्ध सडक आजदेखि सञ्चालनमा आएको छ । केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आज दिउँसोदेखि मानसरोवर कैलाश जाने दर्शनार्थीहरूको आवतजावत खुला भएको हो ।
प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार रसुवागढीको मितेरी पुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भू–भागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गरेपछि रोकिएका सबै यात्रु मितेरी पुलबाट आउजाउ गर्न थालेका छन् । सडक अवरुद्ध हुँदा कैलाशबाट नेपाल फर्किन लागेका झन्डै पाँच सय जना यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय जना यात्रु रसुवागढीमा रोकिएका थिए । रोकिएका यात्रु अध्यागमनको प्रक्रिया पु¥याई गन्तव्यतर्फ जान थालेका खनालले जानकारी दिए ।
रोकिएका यात्रुलाई गन्तव्यमा जान नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नम्बर गुल्म रसुवाले समन्वय गरेको छ ।













समाचार
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
१० वर्षमा पनि बनेन मनाङमा पुल
मिड सोलु हाइड्रोको साढे ७७ लाख बढी कित्ता सेयरको लकइन अवधि असोजमा सकिंदै
एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो