जनरुचि

    अमेरिकी डलरको मूल्य स्थिर, पाउण्ड र युरोको बढ्यो मुख्य समाचार

    नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने पाउण्ड र युरोको मूल्य बढेको छ । आज अमेरिकी डलरको मूल्य हिजोकै मूल्यमा खरिद बिक्री भइरहेको छ भने पाउण्ड र युरोको केही बढेको हो ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९३ प्रसा र बिक्रीदर १३४ रुपैयाँ ५३ रुपैयाँ कायम भएको छ । अहिलो दिन पनि डलरको मूल्य त्यति नै रहेको थियो । त्यस्तै आज युरोको मूल्य भने बढेको छ । आज एक युरोको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५० पैसा रहेको थियो ।

    यसैगरी सोमबार बेलायती पाउण्डको विनिमयदर पनि बढेको छ । आज एक पाउण्डको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा कायम भएको छ ।  अघिल्लो दिन पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा रहेको थियो ।

    राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ९९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३९ पैसा कायम भएको छ । त्यस्तै आज क्यानडियन डलर एकको खरिददर ९९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५९ पैसा रहेको छ । शनिबार सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

    आज जापानी ऐन १० को खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा, चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै आज साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा कायम भएको छ । सोमबारका लागि राष्ट्र बैंकले युएइ दिराम १ को खरिदर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा तोकेको छ ।

    त्यस्तै मलेसियन रिंगिट एकको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्री दर ३० रुपैयाँ ७५ पैसा रहेको छ । मंगलबार दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा छ भने बिक्री दर १० रुपैयाँ १६ पैसा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    ट्रेन्डिङ खबर

      ताजा अपडेट

      सम्बन्धित समाचार