
काठमाडौं। ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचन २०२४ का लागि सागर पाण्डे समुहले एक नम्बरमा मनोनयन दर्ता गरेको छ । २ सेप्टेम्बरमा हुन लागेको टानको निर्वाचन कार्यतालिकाअनुसार विहिवार मालीगाउँस्थित कार्यालय पुगेर पाण्डे समुहले मनोनयन दर्ता गरेको हो ।
अध्यक्षका प्रत्यासी पाण्डेसँगै वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्कीको उम्मेदवारी परेको छ । कार्की टानको पूर्व प्रथम उपाध्यक्ष्य हुन् ।त्यस्तै पाण्डे समुहबाट प्रथम उपाध्यक्ष्यमा दावा लामा, द्वितीय उपाध्यक्षमा निशेष थापा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेश न्यौपाने र सह-कोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै कार्यसमिति शृष्टी भण्डारी, अम्बिर बहादुर गुरुङ, माधवकुमार धमला, बिनोद कुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, उत्सव ढकाल र फुर्पु छिरिङ ल्होमी (भोटे)को उम्मेदवारी परेको टान निर्वाचन समितिले जनाएको छ । ‘सक्षम टा, सवल पर्यटन, हाम्रो साझा अभियान’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको पाण्डे समुहले आनो एजेण्डासँगै समावेशी, अनुभवी र सक्षम व्यावसायिक टिम भएका कारण जीत सुनिश्चित रहेको दाबी गरेको छ ।
उम्मेदवारी दर्ता गरेपछि छोटो प्रतिक्रिया दिदै अध्यक्षका प्रत्यासी सागर पाण्डेले समयसापेक्ष नीति र नेतृत्वमार्फत पदयात्रा तथा सिंगो पर्यटन क्षेत्रमा देखिएका समस्याको दीर्घकालिन समाधान गरेर टानमा नयाँ थिति बसाल्न आफू उभिएको बताए । टान जस्तो विसुद्ध व्यावसायिक संस्थामाथि हुने केही व्यक्तिहरुको भागबण्डा गरिखाने सिन्डिकेट तोड्ने सुनौलो अवसर आएको बताउँदै प्रत्यासी पाण्डेले आफ्नो टिमलाई मतदान गर्नको लागि आग्रह गरे ।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने