
म्याग्दी । जोगीको भेषमा युवाहरूको समूह नृत्य गर्दै बजारमा निस्केपछि बजारवासीहरू दङ्ग परे । ताण्ड नृत्यसहित शिव, पार्वती र जोगीको भेषमा सजिएर युवाहरूले जोगी नाच प्रदर्शन गरेका हुन् ।
नेवार समुदायले निकाल्ने बर्खे नाच अन्तर्गत शुक्रबार बेनीमा जोगी नाच प्रदर्शन गरिएको हो । नेवार समुदायको मौलिक कला र संस्कृतिको रूपमा प्रस्तुत गर्ने गरिएको बर्खेनाचको आकर्षक मानिएको जोगी नाचमा शिव, पार्वती, जोगीका विभिन्न रूपमा सजिएर नाच प्रदर्शन भिक्षा माग्न पसलहरूमा पुगेका छन् ।
जोगीको हुलमा भेटिएका १५ वर्षीय सज्जन श्रेष्ठले पहिलोपटक जोगी नाच नाचेको बताए । ‘जोगी नाच हाम्रो सांस्कृतिक मौलिक पहिचान हो । संस्कृतिको संरक्षण र जर्गेना गर्ने दायित्व हामी युवाहरूको हो । जोगी नाच नाच्ने सिप र कला पाका पुस्ताबाट सिकेको छु । मैले मेरो सांस्कृतिक पहिचानलाई जोगाउनु छ,’ उलने भने ।
नेवार समुदायको करिब तीन सय वर्ष पुरानो जोगी नाच सांस्कृतिक पहिचानका रूपमा लिने गरिन्छ । जोगी नाच बजारमा ल्याउनु पूर्व लक्ष्मीनारायण मन्दिर परिसरमा महादेव र पार्वतकीको पूजा गरी उनीहरूलाई खुसी पार्न ताण्डव नृत्यसहित जोगी बनाएर बजारमा नचाउने प्रचलन रहेको नेपाल भाषा मंकाःखलःका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताए ।
नेवारी समुदायको मौलिक कला संस्कृतिको संरक्षण गरी युवा पुस्तामा हस्तान्तरणका लागि युवाहरूलाई तालिम दिएर कलाकार उत्पादन गरेको जोगी नाच प्रदर्शन संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए । ‘संस्कृतिको संरक्षणका लागि युवाहरू स्वतःस्फूर्त रूपमा जोगी नाचमा सहभागी भएका छन् । जोगी नाचमा धेरै बजारका युवा र बालकलाहरूले सहभागिता जनाएका छन्,’ उनले भने । नेवार समुदायको मौलिक संस्कृति भएपनि पछिल्लो समय अन्य समुदायका युवाहरू पनि नाचमा सहभागी हुने गरेको उनले बताए ।
नाच प्रदर्शनसँगै शिव, पार्वती र जोगीहरूले घरघर पुगेर भिक्षा माग्नुका साथै आर्सीवाद दिने प्रचलन छ । जोगी नाचबाट बर्खे नाचका लागि खर्च हुने रकम संकलन गर्ने प्रचलन रहेको नेपाल भाषा मंकाःखलः अध्यक्ष श्रेष्ठले बताए ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व