
काठमाडौं । स्टार फरवार्ड तथा कप्तान केलियन एमबाप्पेलाई बेन्चमा राखे पनि फ्रान्सले सोमबार नेसन्स लिगमा जित निकालेको छ । फ्रान्सले गए राती भएको खेलमा बेल्जियमलाई पराजित गरेको हो ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) मा एमबाप्पेका दुई पूर्वसहकर्मी रान्डल कोलो मुआनी र ओस्मान डेम्बेलेले गोल गर्दै घरेलु टोलीलाई २–० को जित दिलाएका हुन् । यसअघि फ्रान्स यही मैदानमा शुक्रबार राति भएको खेलमा इटालीसँग ३–१ ले पराजित भएको थियो ।
युरो कप २०२४ को सेमिफाइनलमा उपाधि विजेता स्पेनसँग पराजित भएको दुई महिनापछि फ्रान्स लगातार तेस्रो हारबाट जोगिएको हो । उसले कप्तान समेत रहेका एमबाप्पेलाई सुरुदेखि नै आराम दिइएको थियो । युरो कपपछि रियल मड्रिडका नयाँ स्टारले प्रि–सिजन तयारी निकै कम गरेका थिए र इटालीविरुद्ध ९० मिनेट खेलेका थिए ।
खेलको ३० औं मिनेटमा कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सलाई तीन अंक दिलाए । जितसँगै फ्रान्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । फ्रान्सको शीर्ष स्थानमा रहेको इटालीको भन्दा तीन अंक कम छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार