
काठमाडौं । नेसन्स लिगमा इङल्याण्डले लगातार दोस्रो जित निकालेको छ । गत राति भएको खेलमा इङल्याण्डले फिनल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । इङल्याण्डको जितमा दुवै गोल कप्तान ह्यारी केनले गरे ।
पहिलो हाफ गालरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा इङल्याण्डले दुइ गर्दै सहज जित निकालेको हो । लेखको ५७ औँ मिनेटमा केनले गोल गर्दै टोलिलाई अग्रता दिलाए । त्यस पछि खेलको ७६ औँ मिनेटमा उनै केनले गोल गरे र अग्रता दोब्बर बनाए । यो केनको राष्ट्रिय टोलीबाट १०० औँ खेल थियो । त्यस पछिको बाँकी समयमा दुवै टोलीले गाल गर्न सकनेनन् र इङल्याण्ड विजयी भयो ।
लिग बी को समूह बी मा रहेको इङल्याण्ड यो जितसँगै तालिकामा दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा समान खेलमा ६ अंक नै भए पनि गोल अन्तरका आधारमा ग्रिस रहेको छ । इङल्याण्ड र ग्रिसले दुई खेलमा समान ६ अंक जोडेका छन् ।













समाचार
ठेकेदारको लापरबाहीले तीन महिनादेखि, दुई सय परिवार खानेपानीबाट वञ्चित
एभर्टनको विजयी सुरुवात
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
एस्पीको निर्णायक गोलमा रियलको विजयी सुरुवात
बङ्गालको खाडीमा २४ जना सवार मालवाहक जहाज डुब्यो
म्यानचेस्टर युनाइटेड हलसँग पराजित
जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने
प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने
साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता