काठमाडौं । सुनको मूल्यले यो साता पनि नयाँ रेकर्ड कायम गरिरहेको छ । यो साता पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । सोहि क्रममा, शुक्रबार सुन तोलाकै १ लाख ५६ हजार ३०० रूपैयाँको उचाइमा पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो ।
साताको चोथो दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । बुधबारको रेकर्ड शुक्रबार तोडिएको हो । यसरी, नेपाली बजारमा पनि यो साता सुनको मुल्यले रेकर्ड पछि रेकर्ड कायम गर्यो । सातामा दुई दिन रेकर्ड बनाएको सुनको मूल्य ४ हजार २०० रूपैयाँले महंगिएको छ ।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार र मंगलबार बढेर प्रतितोला १ लाख ५२ हजार ४०० रूपैयाँ पुग्यो । तर, बुधबार भने सुनको मूल्य उच्च रेकर्ड राख्दै प्रतितोला १ लाख ५३ हजार ४०० रूपैयाँ पुग्यो । त्यसपछि बिहिबार भने सुनको मूल्य सामान्य घटेर तोलाको १ लाख ५३ हजार ३०० रूपैयाँमा झरेको थियो ।
सुन कारोबार हुने साताको अन्तिम दिन शुक्रबार भने सुनको मुल्यले पुनः अर्को रेकर्ड कायम ग¥यो । यस दिन सुन तोलाकै १ लाख ५६ हजार ३०० रूपैयाँको उचस्तरमा कारोबार भयो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताभीमा चाँदीको भाउ तोलामा ११० रूपैयाँले बढेको हो । आइतबार, चाँदी तोलाको १ हजार ७५० रुपैयाँ रहेको मुल्य शुक्रबार प्रतितोला १ हजार ८६० रुपैयाँ कायम भयो ।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने