
काठमाडौं । अल नेपाल युवा क्लब काठमाडौंले बास्केटबल प्रतियोगिता–२०८१ आयोजना गर्ने भएको छ । क्लबले विजया दशमी तथा शुभ दिपावलीको अवसरमा यही असोज १४ गते प्रतियोगिता आयोजना गर्ने भएको हो ।
“एकता नै विश्वलाई परिवर्तन गर्न सक्ने एक शक्ति हो” भन्ने मुल नाराका साथ युवा र विद्यार्थीहरुलाई खेलकुदको मार्फत जोडने उद्देश्यले प्रथम अल नेपाल अन्डर १९ ब्वाईज बास्केटबल प्रतियोगिता आयोजना गरिने जनाइएको छ । प्रतियोगितामा प्रथम, द्धितिय हुनेलाई क्रमश : २० हजार, १० हजारको साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने अल नेपाल युवा क्लबका अध्यक्ष फुर्वा छिरिङ शेर्पाले जानकारी दिए ।
उक्त प्रतियोगिता काठमाडौंको चावहिल स्थित मनास्लु वल्र्ड क्लेजको प्राङ्गनमा रहेको बास्केटबल कोर्टमा हुने भएको छ । २०७८ मा स्थापना भएको यस युवा क्लब आफ्नो विधान र नियमावलीकम रही समाजसेवा र राष्ट्र प्रेमको भावना सहित कार्य सम्पादन गर्ने एक गैर नाफामुलक संस्था रहेको जनाईको छ । आफ्नो स्थापनाकाल देखि नै समाजमा देखिएको विभिन्न विसंगति र वेतिथि विरुद्ध आफ्नो बुलन्द आवाज राख्दै युवा र विद्यार्थीहरुलाई संगठित गरि आफ्नो माटो र मौलिकता सँग जोडने अठोट यस संस्थाले राख्दै आएको छ ।
नेपालको माटोमा सृजित भाषा, धर्म, कला र संस्कृतिलाई जगेर्ना गरि नाँचगान र सांस्कृतिक कार्यक्रम मार्फत, खेलकुदको विभिन्न खेल मार्फत, सामाजिक जागरण गर्ने किसिमका कार्यक्रम मार्फत र मनोरञ्जनात्मक कार्यक्रम मार्फत यस संस्थाले नवयुवाहरु आकर्षित गरि आफ्नो अस्तीत्व स्थापित गरिरहेको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम