
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको दरबन्दी मिलान गर्न कार्यदल बनाउने भएको छ ।विद्यालयको दरबन्दीको मिलान गर्न अद्यावधिक विवरणसहित सुझाव दिन तीन दिनभित्रमा कार्यदल बनाउने लागेको हो ।
शिक्षा पत्रकार समाजको चौथो वार्षिकोत्सव कार्यक्रममा बोल्दै शिक्षामन्त्री विद्या भट्टराईले कार्यदल गठन गर्न लागेको बताएकी हुन् ।‘विद्यालयमा कति शिक्षक छन् ? कति आवश्यक छ ? भन्ने अहिलेको अद्यावधिक विवरण आवश्यक भएकाले कार्यदल गठन गर्न लागेका हौँ । महाश्रम शर्माको प्रतिवेदन पुरानो भएकोले नयाँ कार्यदल गठन गर्नु परेको हो,’ उनले भनिन् ।
तथ्याङक विभागले ग्रामीण भेगमा जनसङ्ख्या घटेको तथ्याङक सार्वजनिक गरेकोले शर्माको प्रतिवेदनले औँल्याएको विवरण पुरानो भएको उनको भनाइ थियो । अब कति शिक्षक आवश्यक छ भनेर यकिन गरेर सिफारिस गर्न कार्यदल गठन गर्न लागिएको उनले बताइन् । शिक्षा मन्त्रालयले २०७५ सालमा पूर्वसचिव तथा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।













समाचार
क्रेस्ट माइक्रो लाइफको व्यवसाय सुधार, नाफामा भने ९० प्रतिशतको गिरावट
शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दै होटल पार्क ल्यान्ड, भदौ १५ बाट आवेदन दिन सकिने
बडीमालिका पूजा आजदेखि सुरु
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा
लेन्सलाई सुपर कप, पिएसजी पराजित
माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त
असलि इन्भेष्टमेण्टको १८ औँ साधारणसभा आह्वान
देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा
५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती