
काठमाडौं । व्यापार तथा निकासी प्रबर्धन केन्द्रको सहयोगमा नेपाल कुचो संघले सञ्चालन गरेको कुचो तालिमको आज समापन गरिएको छ । भदौ १६ गतेदेखि सञ्चालन गरिएको तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको हो ।
तालिममा सहभागि भएका ५० जना प्रशिक्षार्थीलाई प्रतिनिधी सभा सदस्य सुहाङ नेम्वाङले प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा उनले सरकारले कृषि क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गर्न नसकेको बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले अहिले सबै तिर नकारात्मकता फैलिएको भन्दै सकारात्मक सोचका साथ काम गर्नु पर्ने उनको भनाइ थियो । उनले छोटो समयमा नै कुचो को उल्लेखनिय निकासी भएको भन्दै राज्यको व्यापार घाटामा टेवा पुर्याएको बताए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले कुचो भारत निर्यात गर्दा पनि नगद अनुदानको व्यवस्था हुनु पर्ने बताए । अहिले भारत बाहेकका देशमा निकासी हुँदा मात्रै अनुदान पाइने भएकाले भारत निर्यात गर्दा पनि नगद अनुदानको व्यवस्था गर्नु पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा व्यापार ताथ निकासी प्रबद्र्धन केन्दका शरदविक्रम राणा, डेरी एशोसियसनका अध्यक्ष प्रल्हाद दाहल लगायतले कुचो संघको कामको प्रशंसा गरेका थिए । त्यस्तै संघका अध्यक्ष राजकुमार कार्कीले कुचो निर्यातमा बंगलादेशले लगाउने कर को बारेमा ध्यानाकर्षण गराएका थिए । युवराज सुबेदिले संचालन गरेको उक्त कार्यक्रम उपाध्यक्ष सुबास बोलखेले स्वागत मन्तव्य राखेका थिए र उपाध्यक्ष रबिन्द्र खड्काले कार्यक्रमकाे समापन गरेका थिए ।













समाचार
१० वर्षमा पनि बनेन मनाङमा पुल
मिड सोलु हाइड्रोको साढे ७७ लाख बढी कित्ता सेयरको लकइन अवधि असोजमा सकिंदै
एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो
टोखा–छहरे सडक राति बन्द हुने
पछिल्लो १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
इनभेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ