
काठमाडौं । आईसीसी विश्वकप लिग टूमा मंगलबार नेपालले ओमानविरुद्ध खेल्दैछ । क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले दोस्रो पटक ओमानविरुद्ध खेल्न लागेको हो । खेल राति पौने ९ बजे सुरु हुनेछ ।
विश्वकप लिग टूमा निकै खराब सुरुवात गरेको नेपाल पछिल्ला ५ खेलमा पराजित छ । घरेलु टोली क्यानडासँग दुई खेलमा गुमाएको नेपालले ओमानविरुद्धको पहिलो खेल समेत हार्न पुगेको थियो । लिग टूका सुरुवात ७ मध्य नेपालले मात्र एक खेलमा जित निकाल्दै दुई अंक जोडेको छ । लिगको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराउनु बाहेक नेपालले लिग टूमा जित देख्न पाएको छैन । नामिबिया र नेदरल्याण्ड्सँग घरेलु मैदानमा तीन खेल हारेको नेपाल क्यानडा भ्रमणमा जित निकाल्न सकेको छैन ।
निरन्तरको हारले खेलाडीमाथि जितको दबाब बढ्दो छ भने नेपाल लिग तालिकामा पुछारदेखि दोस्रोमा छ । पुछारमा रहेको यूएई र नेपालको मात्र समान दुई अंक छ । टिमका खेलाडी परिवर्तन गर्दा समेत ब्याटिङ लाईन चल्न सकेको छैन । तल्ला क्रमका ब्याट्सम्यानले नेपालको ब्याटिङलाई धरासायी हुनबाट जोगाएपनि माथिल्ला र मध्यक्रमका ब्याट्सम्यान चल्न सकेका छैनन् ।
पछिल्लो समय राष्ट्रिय क्रिकेट टिमका आफ्नो स्वभाविक लय पूर्ण रुपमा गुमाएको छ । जसले खेलाडी, प्रशिक्षक र टिममाथि दबाब थपिदै गएको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम