नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सुनिल केसी सर्वसम्मत निर्वाचित

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सुनिल केसी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । आज भएको संघको ३० औँ वार्षिक साधारण सभाले केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडका प्रबन्द्ध निर्देशक केसीको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिको निर्वतमान अध्यक्षमा होट हन्नपूर्णका निर्देशक सृजना राणा रहेकी छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा ह्याबिट्याड पावर कम्पनीका अध्यक्ष बटु लामिछाने, सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्ष कुणाल कायाल, गोपाल राइस मिल्स विराटनगरका अध्यक्ष अनिक कुमार शाह, अरुण इन्रटकन्टिनेन्टलका कार्यकारी निर्देशक करण चौधरी, रिलायन्स स्पिनीङ मिल्सका निर्देशक शशीकान्त अग्रवाल, नेशनल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ मजुमदार, सूर्य नेपाल प्रा.लीका प्रबन्ध निर्देशक रबि कुमार रायभरम, हाई हिमालयन हाइड्रो कन्सट्रक्सनका अध्यक्ष किरण मल्ल र शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा रहेका छन् ।

संघको ३०औं वार्षिक साधारणकै दिन साधारण सभास्थलमा बसेको संक्षिप्त कार्यसमितिको बैठकबाट अध्यक्ष केसीले संघको विधान बमोजिम अध्यक्षद्वारा ३ जनालाई कार्यसमिति सदस्यमा मनोनित गर्न पाउने ब्यबस्था बमोजिम राजन शर्मा, उत्तम ब्लोन लामा, अरुण केसी लाई संघको कार्यसमिति सदस्यमा मनोनित गरेका छन् । त्यस्तै सुषमा शर्मालाई एशोसिएट सदस्य समूहबाट कार्यसमिति सदस्यमा मनोनित गरिएको छ । नवनियुक्त अध्यक्ष केसीले आगामी दिनहरुमा नेपाल–भारत आर्थिक विकासको लागी पुलको रुपमा काम गर्ने बताएका छन् ।

नेपालमा लगानी र प्रबिधिको बिस्तार तथा नेपाल र भारत दुई देशवीच शताब्दीयौं देखी रही आएको मैत्रीपूर्ण सम्बन्धलाई मजबूत पार्दै नेपालको आर्थिक बिकासको लागी प्रयत्नशील रहने उद्देश्य सहित ३० वर्ष अगाडि संघको स्थापन गरिएको थियो । ३० बर्ष अगाडि स्थापना हुंदा र अहिलेको बर्तमान समयमा दुबै देशमा उद्योग, ब्यापार, प्रबिधि लगायत लगानीको क्षेत्रमा धेरै परिबर्तन भईसकेको तथा बिभिन्न नयाँ नयाँ समस्याहरु र चुनौतीहरु देखा पर्दै गरेको र यी समस्याहरुलाई समाधान गर्न सम्बन्धित निकायहरु, सदस्य लगायत भारतीय उद्योगी व्यवसायीहरुसँगको छलफल र सहकार्यको माध्यमबाट नेपाली उद्योग व्यवसाय क्षेत्रको बिकास गर्न प्रयत्नरत रहने प्रतिबद्धताका साथ ३० औं बार्षिक साधारण सभाबाट नयां कार्यसमितिको सर्बसम्मत चयन भएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार