
काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको डीनका लागि ५ जनाको नाम अल्पसूची (सर्टलिष्ट)मा परेका छन् । डीन छनौट समितिमा परेका आवेदनहरूमध्ये वर्णानुक्रमानुसार अल्पसूची निकालेको हो ।
उनीहरूको प्रस्तुति र अन्तर्वार्ता असोज ११ गते विहान ८ बजेदेखि त्रिवि उपकुलपतिको कार्यालयमा हुनेछ । प्रस्तुति र अन्तर्वार्ताका लागि छनौटमा पर्नेहरूमा प्राडा भोलानाथ शर्मा घिमिरे, प्राडा लक्ष्मण पौडेल, प्राडा संगीता सिंह, प्राडा सुवर्ण शाक्य र प्राडा सुशीलबहादुर बज्राचार्य रहेका छन् ।
संस्थानको डीनका लागि ११ जनाले आवेदन दिएका थिए । जसमा छनौटमा परेमा पाँच जना बाहेक डा.नन्दविक्रम अधिकारी, डा.राजन सुवाल, प्रा.डा महेशचन्द्र लुईंटेल, डा.हरिराम पराजुली, प्रा.डा सुदन झा र डा.जगतकुमार श्रेष्ठले आवेदन दिएका थिए । सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ बमोजिम संस्थानको डीन पदका लागि आवेदन दिन आह्वान गरेको थियो । विनियमको परिच्छेद २ मा डीन पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी व्यवस्था छ ।
जसमा त्रिवि कार्यकारी परिषद्बाट गठन गरिने संयोजक र अन्य २ जना प्राध्यापक वा सहप्राध्यापक सदस्य रहेको समितिले डीनका लागि सिफारिस गर्ने उल्लेख छ । उक्त समितिले तीन जनाको नाम कार्यकारी परिषद्मा पेस गर्ने व्यवस्था छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो