
एजेन्सी । फेसबुकको माउ कम्पनी मेटालाई आयरिस डेटा प्रोटेक्शन कमिसन (डीपीसी)ले पासवर्डको भण्डारणसँग सम्बन्धित अनुसन्धानपछि ९१ मिलियन यूरो अर्थात साढे १३ अर्ब रुपैयाँ जरिवाना गरेको छ । सन् २०१९ अप्रिलमा आइरिस डाटा प्रोटेक्सन कमिसन (डिपिसी)लाई सूचित गरेपछि अनुसन्धान सुरु भएको थियो । जसमा मेटाले फेसबुक प्रयोगकर्ताका पासवर्ड बिना इन्क्रिप्सन भण्डारण गरेको पाइएको थियो ।
डिपिसीले सन् २०२४ को जुनमा अन्य युरोपियन डेटा सुरक्षा निकायहरूलाई यससम्बन्धी प्रारम्भिक प्रतिवेदन पेस गरेको थियो । जसमा अनुसार कुनै पनि निकायले आपत्ती जनाएका थिएनन् । त्यसपछि मेटालाई उक्त जरिवाना लगाइएको हो । अध्ययनमा मेटाले चार सामान्य डेटा सुरक्षा नियमावलीसम्बन्धी चार वटा उल्लङ्घन गरेको पाइएको थियो । डिपिसीका डुपुटी कमिसनर ग्राहम डोयलले ग्राहकहरुका पासवर्डहरु प्लेनटेक्स्टका रुपमा भण्डारण गर्न नहुने सामान्य मान्यता रहेको उल्लेख गर्दै यसले डाटासम्मको पहुँच हुने र दुरुपयोग हुने जोखिम रहने बताए ।
डेटा सुरक्षा आयुक्तहरु डा डेस होगन र डेल सन्डरल्यान्डले मेटालाई यससम्बन्धी सेप्टेम्बर २६ मा जानकारी गराइएको थियो । जसमा मेटालाई चेतावनी र जरिवाना गरिएको छ । सन् २०२३ मेमा मेटालाई युरोप र संयुक्त राज्य अमेरिकाबीच डेटा स्थानान्तरण गर्दा डेटा सही तरिकाले नसम्हालिएको भन्दै १.२ बिलियन यूरो जरिवाना गरिएको थियो । यो जरिवान पनि आयरल्याण्डको डिपिसीले नै लगाएएको थियो । जुन यूरोपियन युनियनको गोपनीयतासम्बन्धी कानूनअन्तर्गत अहिलेसम्मकै ठूलो जरिवाना हो ।
सन् २०२२ मा १०६ देशहरूका ५३३ मिलियन मानिसहरूको डेटा ह्याकिङ फोरममा सार्वजनिक भएपछि मेटालाई २६५ मिलियन यूरो जरिवाना गरिएको थियो ।













समाचार
विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
भोटेकोशी बाढी: रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै
बाढी पहिरोले म्याग्दीमा साढे पाँच सय घरपरिवार प्रभावित, सात जनाको मृत्यु
चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
हिउँ छिचोल्दै जोमसोम आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा
देशभर विपद्का १९ घटना, १२ घाइते
आजको मौसम : तराईमा आंशिक बादल, हिमालमा हिमपातको सम्भावना
डलरको मूल्य स्थिर, पाउण्ड र युरोको बढ्दा कुन देशको विनिमयदर कति ?