
काठमाडौं । क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतमा साउदी अरेबियाका अल नासरले एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणअन्तर्गत सोमबार कतारको अल रेयानलाई २–१ ले पराजित गरेको छ । पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले दुई साताअघि इराकको अल–सर्टासँग १–१ गोलको बराबरी खेलेका थिए ।
सोमबार उनले दुई गोल गरेका थिए । तर, एक गोलले अफसाइड भएको थियो । यद्यपि, रियादमा निर्धारित खेल सकिँन १४ मिनेट बाँकी रहँदा उनले गरेको गोल निर्णायक साबित भयो ।
लिभरपुलका पूर्व फरवार्ड साडियो मानेले नासरका लागि सुरुवाती गोल गर्दै पहिलो हाफको इन्जुरी समयका सुरुआती अग्रता दिलाएका थिए । रोनाल्डोले दोस्रो गोल थप्दा नासरको तीन अंक सुरक्षित देखिएको थियो ।
खेल सकिन तीन मिनेट बाँकी रहँदा रोजर गुएडेसले गोल गर्दै अल–रेयानलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, उनी सफल भएनन् ।
फेसबुक प्रतिक्रिया













समाचार
गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ
‘राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाउँछ’ : मन्त्री खनाल
अन्नपूर्ण गाउँपालिकाले पर्वतारोही निर्मल पुर्जाको शालिक बनाउने
मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र
बाक्सिलामा निर्माणाधीन विद्युत् सवस्टेसन: तीन वर्षको सम्झौता, १० वर्षमा पनि बनेन
भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
डेनमार्कको डाना कपमा सहभागी नेपाली युवा खेलाडीलाई बिज एजुकेसनको सम्मान
एनपीसीआई इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै
४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ