
काठमाडौं । वैज्ञानिकहरूले एशियाको वाटर टावर भनेर चिनिने चीनमा रहेको छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी पत्ता लगाएका छन् । चाइनिज एकेडेमी अफ साइन्सेस (सिएएस) का शोधकर्ताहरूका अनुसार झण्डै चार सय मिटरको अधिकतम नापिएको मोटाई भएको पुरोग काङ्गरी हिमनदी दक्षिणपश्चिम चीनको सिजाङ क्षेत्रमा पत्ता लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
हिमनदीले पृथ्वीको जलवायु इतिहासको बारेमा महत्त्वपूर्ण जानकारी राख्ने वैज्ञानिकहरुको भनाइ छ । यसअघि वैज्ञानिकहरूले सात लाख वर्षभन्दा बढीको अवधिमा बनेको गुलिया हिमनदीबाट ३ सय ८ दशमलव ६ मिटरको बरफको कोर ड्रिल गरेका थिए । उनीहरुले पुरोग काङ्गरी हिमनदीमा पनि धेरै वर्ष अघिदेखि जमेको अनुमान गरेर थप अनुसन्धान गर्दैछन् । पछिल्लो समय विश्वभरका हिमनदीहरू पग्लिँदै गएर तिनीहरूभित्र समेटिएका ऐतिहासिक अभिलेखहरू पनि हराउने क्रम बढेको छ ।
त्यसैले ऐतिहासिक जानकारी पुनः प्राप्त गर्नका लागि बरफको कोर निकालेर हिमनदी संरक्षण गर्नु महत्त्वपूर्ण रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकको भनाइ उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ । एजेन्सी













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला