
काठमाडौं । गत असोज ११ र १२ गते अबिरल वर्षाका कारण आएको बाढीपहिरोबाट ३४ राजमार्गका ८०५ स्थान र ८ पुलमा क्षति पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले बाढीपहिरोबाट ३४ राजमार्गका ८०५ स्थान र ८ पुलमा क्षति पुगेको जानकारी दिएका हुन् ।
पहिरोका कारण अवरुद्ध भएका ७७४ स्थानको पहिरो हटाई २९ राजमार्गमा यातायात सञ्चालन भइसकेको छ । निरन्तर प्रयासका बाबजुत अझैसम्म पाँच मुख्य राजमार्गका ३१ स्थानमा यातायात सञ्चालन हुन नसकेको सचिव शर्माले बताए । ‘अवरुद्ध सडक सञ्चालन गर्न विभागले प्रयास जारी राखेको छ । कतिपय स्थानमा पहिरो हटाउन अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम् पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज राख्नु पर्ने अवस्था छ,’ शर्माले भने ।
हालसम्म सडक पूर्वाधारमा पुगेको क्षतिको पूर्ण विवतरण प्राप्त हुन सकेको छैन । प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न साढे दुई अर्बदेखि तीन अर्ब लाग्ने र क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनस्स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँले लाग्ने मन्त्रालयले जानकारी दिएको छ ।
यातायात सञ्चालन हुन बाँकी राजमार्ग र खण्डहरु
अरनिको राजमार्गको लार्चा–कोदारी ५ किलोमिटर खण्डमा लिपिङ पुल र लार्चाको बेलिब्रीज बगाएको छ ।
बिपी राजमार्गको चौकीडाँडा–कालुढुंगा १८ किलोमिटर खण्डमा करिब १२ किलोमिटर सडक पूर्ण रुपमा बगेको छ ।
मध्यपहाडी राजमार्गको दोलालघाट–राकथुम ८० किलोमिटर खण्डका धरै ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको छ ।
कान्ति राजपथको घपेली–१३ किलोमिटर खण्डमा पहिरो गएको छ । साथै राजपथको बागमति पुलमा क्षति पुगेको छ ।
मेची राजमार्गको रमिते–फिदिम ८ किलोमिटर खण्डमा रमिते डाँडामा पहिरो गएको छ । साथै हेवा खोला पुल बगाएको छ ।
क्षति भएका पुल
अरनिको राजमार्गको लिपिङ र लार्चा बेलिब्रिज, बिपी राजमार्ग सुनकोशी नदिको खैरेनीटार, खुर्कोट, फोक्सिङटार, मेची राजमार्गको हेवा खेला पुल, कान्ति राजपथको बागमती पुल, माईपोखरी–सन्दकपुर ईलाम रातेखोला पुल र कान्ति लोपथको बागमती पुल बढीपहिरोबाट क्षति पुगेको छ।













समाचार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
फुलहमलाई पराजित गर्दै चेल्सीको विजयी सुरुवात
प्रभु महालक्ष्मी लाइफको साढे ४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा
बेनी हाइड्रोपावर प्रोजेक्टले भदौ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने
गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
भोजपुरमा कोदो खेती घट्दै
इरानमाथि अमेरिकी नयाँ प्रतिबन्ध, पाँच मुख्य सम्पत्तिमा नजर
१८औँ संस्करणको ‘नाडा अटो शो’ आजदेखि सुरु हुँदै, उपराष्ट्रपतिले उद्घाटन गर्ने
धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका