
काठमाडौं–नेपालमा छुर्पी परम्परागतरुपमै उत्पादन हुँदै आइरहेको छ । विशेषगरी नेपालको हिमाली क्षेत्रमा यसको उत्पादन हुँदै आएको छ । चौरीको दुधबाट हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, मनाङ्गे लगायतले छुर्पी बनाउँदै आइरहेका छन् । हिमाली क्षेत्रमा दुधको व्यापार त्यति नहुने भएपछि खेर जाने दुधलाई छुर्पी बनाउने गरिएको छ । नेपाली छुर्पीको पछिल्लो १ दशकयता विश्वव्यापीरुपमै माग बढेको छ । नेपाली छुर्पीलाई डग च्यू अर्थात कुकुरको खानाको रुपमा आजभोली विदेशमा निकै प्रयोग हुने गरेको छ । त्यसैले पनि अहिले नेपालबाट विदेश निर्यात हुनेमध्ये सबैभन्दा बढि चर्चा छुर्पीकै छ । विदेशमा कुकुर र विरालोलाई आहाराको रुपमा छुर्पी प्रयोग हुन थालेपछि नेपालमा यसको व्यापारमा संलग्नहरुलाई आर्थिकरुपले धेरै फाइदा पुगेको छ । नेपालबाट अमेरिका, क्यानडा, बेलायत, थाइल्याण्ड, यूएई, मलेसिया, चीन, फ्रान्स, इटाली लगायतका देशहरुमा छुर्पी निर्यात भइरहेको छ ।

नेपालबाट अमेरिकाले मात्रै कुल निर्यातको ८० प्रतिशत छुर्पी लैजाने गरेको छ । युरोपियन मुलुकहरुमा पनि नेपाली छुर्पीको माग उच्च छ । तर मागअनुसार नेपाली व्यवसायीले छुर्पी निर्यात गर्न सकिरहेका छैनन् । मानिसले खाने छुर्पीमा दुधमा फ्याटको मात्रा धेरै राखिन्छ भने कुकुर र विरालोले खाने छुर्पीमा भने ०.५ मात्रै फ्याट राखिन्छ । छुर्पी हड्डीजस्तै कडा र पोसिलो पनि भएकाले विदेशमा घरपालुवा कुकुरलाई आहाराको रुपमा खुवाउने चलन पछिल्लो समय निकै बढ्दै गइरहेको हो । छुर्पी विदेश निर्यात हुँदा यसले नेपाली दुग्ध क्षेत्रलाई पनि राम्रै टेवा पुगिरहेको छ । खेर जाने दुधलाई छुर्पी बनाउँदा मिल्क होलिडेको समस्यालाई पनि सम्बोधन भइरहेको छ । छुर्पीका कारण नेपालले वर्सेनि राम्रै विदेशी मुद्रा आर्जन पनि गरिरहेको छ । अन्य देशमा छुर्पी खासै उत्पादन नहुने भएकाले सरकारले यसको प्याटर्न राइट लिएर यसलाई मौलिक नेपाली उत्पादनको रुपमा विश्व बजारमा पठाउन सक्छ । नेपालमा कृषि उत्पादनको आधिकारिक तथ्यांक राख्ने गरिएको छैन । तर विभिन्न माध्यमहरुबाट गरिएको सर्वेक्षण अनुसार नेपालमा हाल ३ लाख केजीभन्दा बढि छुर्पी मासिक उत्पादन हुने गरेको छ । यो उत्पादनमध्ये करिब आधा विदेश निर्यात हुने गरेको छ । यति मात्राको छुर्पी निर्यात गर्दा नेपालमा मासिकरुपमा कम्तिमा २१ करोड रुपैयाँ जति विदेशी मुद्रा भित्रिरहेको छ । धेरै नेपाली उत्पादकले सहज माध्यम नभएका कारण भारत हुँदै विश्व बजारमा छुर्पी पठाइरहेका छन् ।

छुर्पी निर्यातको आँकडा
आर्थिक वर्ष २०७५÷७६ मा नेपालले १ अर्ब ५ करोड २८ लाख ७६ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको भन्सार विभागको तथ्यांक छ । त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा नेपालले १ अर्ब २२ करोड ८३ लाख ५६ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको थियो । निर्यातको क्रम बर्सेनि बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष आर्थिक वर्ष २०७७÷७८ मा नेपालले एक वर्षमा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको थियो भने आर्थिक वर्ष २०७८÷७९ मा यो क्रम बढेर २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०७८÷७९ मा नेपालले २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँ जतिको छुर्पी निर्यात गरेको थियो । आर्थिक वर्ष २०७९÷८० मा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार र आर्थिक वर्ष २०८०÷८१ ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको छुर्पी विदेश निर्यात भएको भन्सार विभागको तथ्याङक छ ।
वर्सेनि निर्यातको बढ्दो तथ्यांकलाई हेर्दा छुर्पीबाट नेपालले मनग्ये आम्दानी गर्ने सम्भावना देखिएको छ । अब यसका लागि आवश्यक पहल र योजना राज्यतहबाटै बनेको खण्डमा छुर्पी उत्पादन नेपालका लागि एउटा भरपर्दो उद्यम बन्न सक्छ ।













समाचार
दुई विश्व कीर्तिमानी किली पेम्बा शेर्पा : ब्रड पिकमा रोकियो साहसिक यात्रा
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार