
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको बजार आज करिब ३ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २ दशमलव ९५ अंकले बढेर २६३३ दशमलव ८७ विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३७ अंकले बढेर ४५१ दशमलव ६६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपपसूचकमध्ये ७ वटाको परिसूचक बढेको छ भने बाँकी ६वटाको घटेको छ ।
आजको कारोबार बन्द हुँदा सेयर बजारमा ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।परिसूचक सामान्य बढेको दिन कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ६ अर्ब भन्दा धेरैको कारोबार भएको बजारमा आज ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७४० रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१८ कम्पनीका ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर ५३ हजार ९५७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह