
काठमाडौं । दक्षिण अफ्रिका महिला टी–२० विश्वकप २०२४ को फाइनामा पुगेको छ । पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हो ।
गए राति दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा अष्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७ ओभर २ बलमा दुई विकेट गुमाएर पूरा ग¥यो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाएर १३४ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाको टोलीले प्रतियोगिताको फाइनलमा लगातार दोस्रो पटक स्थान बनाएको हो । योसँगै टी–२० विश्वकपको इतिहासमा दक्षिण अफ्रिकाले पहिलो पटक छ पटकको विजेता अष्ट्रेलियाको टोलीलाई हराएको छ । महिला टी–२० विश्वकपमा आज हुने दोश्रो सेमिफाइनल खेलमा न्युजिल्यान्ड र वेस्ट इन्डिज खेल्दैछन् । फाइनल खेल आउँदो आइतवार हुनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै