
ताप्लेजुङ । ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरणअभियान थाएिको छ। रेडपाण्डा नेटवकको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो ।
रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्ध खोप दिएर रेडपाण्डा संरक्षणको अभियान सुरु गरेको हिमाली संरक्षण मञ्चका सचिव विविश केदमले जानकारी दिए। उनका अनुसार अभियानले रेडपाण्डाका लागि सुरक्षित वातावरण सिर्जना गर्न, सङ्क्रमण र हिंस्रक आक्रमणबाट रेडपाण्डालाई जोगाउन विशेष प्रयास गरिरहेको छ।
रेडपाण्डा पाइने क्षेत्रका ग्रामीण समुदायमा पशु स्वास्थ्य र जनावर व्यवस्थापनका गतिविधिलाई प्राथमिकता दिइँदै आएको छ। फुङलिङ नगरपालिकाको फावाखोला, फुरुम्बू, काफ्लेपाटी, माथिल्लो फेदी, हाङदेवा र पाथीभरा याङवरक गाउँपालिकाको तिरिङगे, सिरिजङ्गाउँपालिकाको सिकैचा क्षेत्रका बस्तीमा बन्धाकरण साथै रेविजभ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।
उनका अनुसार, यस कार्यममा करिब तीन सय ६८ कुकुर र बिरालोलाई रेविजविरुद्ध खोप दिइएको छ। यसका अतिरिक्त, जनावरको स्वास्थ्यका लागि भिटामिन, लुतोको औषधि, र जुम्राको औषधि पनि वितरण गरिएको छ । कुकुर र बिरालोलाई रेविजविरुद्धको खोप लगाएपछि, रेडपाण्डासँग प्रत्यक्ष सम्पर्कमा आउँदा सम्भावित सङ्क्रमणबाट जोगाउन सकिने भएकाले विगत लामो समयदेखि कार्यक्रमलाई निरन्तरता दिँदै आएको मञ्चले जनाएको छ ।
मञ्चका सदस्य भिङमारे लिम्बूकाअनुसार यही कात्तिक अन्तिम सातादेखि मङसिर पहिलो सातासम्ममा फुरुम्बु क्षेत्रका बस्तीमा रहेका कुकुरका लागि बन्ध्याकरण शिविर सञ्चालन गर्ने योजना पनि बनाएको छ । कुकुरको सङ्ख्या व्यवस्थापन स्वस्थ राख्न कार्यक्रम गर्न लागेको उनले बताए। बन्ध्याकरण कार्यक्रममार्फत कुकुरको सङ्ख्यालाई सन्तुलनमा राख्न सम्भव हुनेछ, जसले वातावरणमा थप सुरक्षा प्रदान गर्न मद्दत पु¥याउने मञ्चले जनाएको छ।












समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने