
दैलेख । सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु त रोकेर मनमोहक सो दृश्यलाई सामाजिक सञ्जाल टिकटक बनाउन एवं तस्विर लिन आतुर हुन्छन् ।
कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीले यात्रुको आँखा खिचेको हो । उनले वर्षदेखि फूलखेती गरेका हुन् । उनले भने, ‘गतवर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ ।’ उनले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाएका थिए। उनले भने, ‘गतवर्षको फूल नोक्सानी बेहोर्नुपरेको थियो । त्यो अनुभवले यो वर्षचाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।’ यस वर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब रु. दुई लाख आम्दानी हुने अनुमान उनले गरेका छन् ।
कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहीले जिल्लामा फूलखेतीको संभावना राम्रो रहेको बताए । किसान देवेन्द्रले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । सडकको छेउमै भएकाले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम दैलेख बजार, चुप्रा, डुङ्गेश्वर र सुर्खेतसम्म पनि पठाउन सजिलो समेत भएको छ । उनले तीन जनालाई रोजगारसमेत दिएको छ । उनले भने, ‘तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ ।’













समाचार
१४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय
झ्याप्प-झ्याप्प” बत्ती जाने समस्या: समाधान अभियान सुरु
भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणलाई तीव्रता दिइने, ५ अर्बको स्रोत सुनिश्चित : गृहमन्त्री गुरुङ
गढीमाई नगरपालिकाका नगर प्रमुखसहित ४ जना र निर्माण कम्पनीविरुद्ध २ करोड ५७ लाख भ्रष्टाचार मुद्दा
सरकारको सयदिने कार्यसूचीमा ८७.२ प्रतिशत प्रगति हासिल भएको अर्थमन्त्रीको दाबी
धान रोपाइँ झण्डै १३ प्रतिशतले कम
दैलेख दुर्घटना: कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो
बालेनले भेटे एडीबीका अध्यक्ष मासातो कान्डा
कालोसूचीमा सहजीकरण, कर्जा पुनरुत्थान र विद्युतीय सवारी प्रयोगमा जोड
बैंक शाखा विस्तार र बन्दमा लचक नीति, बैंकहरूको सञ्चालन खर्च घट्ने : मौद्रिक नीति