
काठमाडौं । गरिमा विकास बैंकले २०८१ कार्तिक १४ गते बुधबार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल १ लाखका दरले पुरस्कार प्रदान गर्ने भएको छ । बंगलादेश विरुद्धको फाइनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँ प्रदान गर्ने भएको हो ।
नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।
विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकास तथा प्रवद्र्धनमा सहयोग गर्दै आईरहेको छ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल