
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा विद्युतको अभाव नहुने बताएका हुन् । विद्युत खपतका लागि पर्याप्त रहेको भन्दै तिहारमा आवश्य पर्ने विद्युत् प्रयोग गर्नका लागि उनले आग्रह गरेका छन् ।
‘तिहारमा खपतको लागि पर्याप्त विद्युत छ । जतिसक्दो बढी विद्युत प्रयोग गर्दा पनि लोडसेडिङ हुँदैन,’ उलने भने । उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने पनि बताए । उनले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत आयात गर्नुपर्ने अवस्था नरहेको बताए ।
घिसिङले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत आयोजनामा ठूलो क्षति पु¥याएको पनि बताए । उनले अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले अहिले पनि २ हजार १०० मेगावट विद्युत उत्पादन भए पनि घटेर १ हजार ९०० मा झरेको बताए । उनले यो वर्ष बाढी पहिरोका कारण जलविद्युत आयोजनाहरुमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत आयात गर्नुपर्ने अवस्था रहेको बताए । तर, आयोजनामा भएको क्षतिका कारण लक्ष्मी पुजाका दिन भने विद्युतको अभाव नहुने उनले बताए । तिहारको लक्ष्मी पूजाका दिन सबैभन्दा धेरै विद्युत खपत हुने गरेको छ।
‘बाढी पहिरोबाट क्षति पुगेका आयोजनाहरुको मर्मतका लागि प्राधिकरणले ठूलो रकम खर्च गर्नुपर्ने छ । यति हुँदा पनि हामीलाई पुग्ने विद्युत रहेको छ,’ उनले भने ।













समाचार
सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
अध्यादेशमार्फत विधेयक ल्याएको भन्दै सरकारको आलोचना, सांसदद्वारा समितिमा पठाउन माग
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
मन्त्री प्रतिभा रावलको प्रगति विवरण : २९ घरपरिवारलाई लालपुर्जा वितरण, साढे २ करोड सहकारी पीडितको बचत फिर्ता
सञ्चार मन्त्रीको १०० दिनको प्रगति : करिब ७ हजार राहदानी र १ हजार बढी सवारी चालक अनुमति पत्र हुलाकमार्फत् घरमा पुराइयो
तत्काल सुधार नभए नेपाल ब्ल्याक लिस्टमा पुग्न सक्छ : अर्थमन्त्री वाग्ले
सरकारका सय दिनका उपलब्धि : मन्त्रालय घटाउँदा २० अर्ब बचत
अछाममा चट्याङ लागेर चार जना घाइते