काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको बस दुर्घटना भएको छ । सोमबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
भुमिकास्थान नगरपालिका–५ र ६ को सिमाना जयठाटीमा सोमबार करिब ५ बजे ना३ख २४७१ नम्बरको बसको ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए । देउसी भैलो खेल्न आएको बसको ब्रेक फेल हुँदा बाटोमा भैलो खेलिरहेका समूहलाई ठक्कर दिएको प्रहरीको जनाएको छ ।
घटनास्थलमै एक महिलाको मृत्यु भएको डीएसपी मल्लले बताए । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो