
काठमाडौं । डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिगमा दोस्रो हार बेहोरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा रियल इटालियन क्लब एसी मिलानसँग ३–१ ले पराजित भएको हो ।
मिलानको भने यो दोस्रो जित हो । जितसँगै १८औं स्थानमा उक्लिएको मिलानले चार खेलमा ६ अंक पु¥याएको छ । समान खेल खेलेको रियल समान अंकसहित १७औं स्थानमा छ । खेलको १२औं मिनेटमै मलिक थियाको गोलमार्फत मिलानले सुरुआती अग्रता लिएको थियो । तर, २३औं मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्दै रियललाई खेलमा फर्काए । ३९औं मिनेटमा अल्भारो मोराटाले गोल गरेसँगै मिलानले खेलमा दोस्रोपल्ट अग्रता लिएको थियो । त्यो अग्रता मिलानले कायम मात्रै राखेको अझ लम्ब्याउन सफल भयो । ७३औं मिनेटमा तिजानी रेइन्डर्सले अर्को गोल थपे ।
हालान्डको पेनाल्टीमा चुक्दा सिटीले पहिलो हार
भिक्टर ग्योकेरेसको ह्याट्रिकसँगै पोर्चुगिच क्लब स्पोर्टिङ सिपीले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा सिपीले इङ्लिस क्लब सिटीलाई ४–१ ले पराजित गरेको हो । जितसँगै चार खेलबाट १० अंक पुर्याएको सिपी दोस्रो स्थानमा उक्लिएको छ। पराजित सिटी समान खेलबाट सात अंकसहित छैटौं स्थानमा छ । लिगमा उसको यो पहिलो हार हो ।
सिटीका स्ट्राइकर एर्लिङ हालान्डले पेनाल्टी मिस गरेका थिए । तर, ग्योकेरेसले ह्याट्रिकको क्रममा दुई स्पट किकलाई गोलमा परिणत गर्दै सिपीलाई ४–१ को जित दिलाएका हुन् ।
लिभरपुलको अपराजित यात्रा जारी
लुइस डियाजको ह्याट्रिकसँगै लिभरपुलले च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब बायर लेभरकुजेनलाई ४–० ले हराएको हो । योसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।
चार खेलमा शतप्रतिशत जित निकालेको लिभरपुलको १२ अंक छ। पराजित लेभरकुजेन पाँच अंकसहित १२ औं स्थानमा छ । डियाजले ६१, ८३ र दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यस्तै, कोडी गाक्पोले ६३ औं मिनेटमा गोल गरेका थिए ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम