
काठमाडौं । म्यानचेस्टर युनाइटेडले बिहीबार राति भएको खेलमा पाओकेलाई २–० ले पराजित गर्दै युरोपा लिगमा पहिलो जित हात पारेको छ । अमाद डायलोले दोस्रो हाफमा गरेको दुई गोलसँगै घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडले जितविहीन यात्रा टुंगाएको हो ।
यसअघि भएका तीन खेलमा युनाइटेड बराबरीमा रोकिएको थियो । युनाइटेडले युरोपमा अन्तिम जित गत वर्ष अक्टोबर २४ मा च्याम्पियन्स लिगमा कोपनहेगनविरुद्ध निकालेको थियो । युनाइटेडका अन्तरिम प्रशिक्षक रुड भान निस्टेलरोयले भने, ‘हामीले ड्रेसिङ रुममा यसलाई सम्बोधन गर्यौं र नतिजा परिवर्तन गर्ने समय आएको महसुस ग¥यौं ।’ खेलको ५०औं मिनेटमा डायलोको पासिङ हेडर पिएओकेका गोलकिपर डोमिनिक कोटार्स्कीले रोक्न सकेनन् । ७७ औं मिनेटमा उनले नै डिफ्लेक्टेड सट प्रहार गरेका थिए ।
निस्टेलरोयको नेतृत्वमा युनाइटेडले तीनमध्ये दुई खेलमा जित हात पारेको छ, जसले आइतबार लेस्टरविरुद्ध थप एक खेल खेल्नेछ । त्यसपछि उनले प्रशिक्षकको जिम्मेवारी रुबेन अमोरिमलाई सुम्पिनेछन् । रुबेनको आगमनसँगै उनको भूमिका के रहने स्पष्ट भइसकेको छैन । तर, लगातार खराब प्रदर्शन गरिरहेको युनाइटेडले निस्टेलरोयको प्रशिक्षणमा राहतको सास फेरेको छ र राम्रो स्थितिमा पुगेको छ। युनाइटेड अहिले पुनर्जीवित हुने प्रयासमा छ ।
इङ्लिस प्रिमियर लिगमा युनाइटेड १४औं स्थानमा झरेपछि र युरोपको दोस्रो प्रतियोगिता युरोपा लिगमा जित हासिल गर्न नसकेपछि मुख्य प्रशिक्षक एरिक टेन हागलाई गत साता बर्खास्त गरिएको थियो । स्पोर्टिंग लिस्बन सम्हालिरहेका रुबेनलाई तत्कालै उनको स्थानमा नियुक्त गरिएको थियो। तर, उनी नआई पुग्दासम्म निस्टेलरोयलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान