
काठमाडौं । भारतले एसीसी टी–२० एसिया कपमा पाकिस्तानलाई सहज रुपमा हराएको छ । भारतले पाकिस्तानमाथि ७ विकेटको जित निकालेको हो ।
जितका लागि पाएको १२८ रनको लक्ष्य भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतका कप्तान सूर्यकुमार यादव सर्वाधिक ४७ तथा शिबम दुबे १० रनमा अविजित रहे । भारतका ओपनर अभिषेक शर्मा ३१, शुभमन गिल १० रनमा आउट भए । त्यस्तै तिलक बर्मा ३१ रनमा आउट भए । पाकिस्तानका सैम अयुबले ३ विकेट लिए ।
त्यसअघि दुबई क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । पाकिस्तानका ओपनर सहिबजादा फहरानले सर्वाधिक ४० रन बनाए । शाहिन शाह अफ्रिदीले तल्लोक्रममा अविजित ३३ रन बनाउँदै पाकिस्तानको साख जोगाए । फखर जमानले १७ रन बनाउँदा अन्यको प्रदर्शन सम्झन लायक थिएन ।
ओपनर सैम अयुब डक, मोहम्मद नवाज डक, फहिम अशरफ ११, सुफ्यान मकीम १०, मोहम्मद हरिस र सलमान अली अघा ३÷३ रनमा आउट भए । भारतका लागि स्पिनर कुलदीप यादवले सर्वाधिक ३ विकेट लिए । स्पिनर अक्षर पटेल र जस्प्रित बुमराहले २÷२ विकेट लिए । हार्दिक पाण्ड्या र बरुण चक्रवर्तीले १–१ विकेट लिए ।
भारत समूह ए मा ४ अंकका साथ शीर्ष स्थानमा छ । पहिलो खेलमा युएईलाई ९ विकेटले हराएको भारतले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार ओमानसँग खेल्नेछ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा ओमानलाई ९३ रनले हराएको पाकिस्तानले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ । पाकिस्तानलाई सुपर फोरमा पुग्न उक्त खेल पाकिस्तानले जित्नै पर्ने हुन्छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू