
रामेछापा । यतिबेला रामेछापका जुनार बगैँचाहरु पहेँलपूर हुँदै छन् । जुनारको जिल्लाका रुपमा देशब्यापी पहिचान बनाएको रामेछापमा यसवर्ष जुनार उत्पादन बढ्ने अनुमान गरिएको छ ।
गत वर्ष ४ हजार ५ सय मेट्रिकटन जुनार उत्पादन भएकोमा यस वर्ष ४ हजार ५३६ मेट्रिकटन जुनार उत्पादन हुने अनुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका अनुसार यस वर्ष जुनारमा कुनै प्रकारको रोग तथा किरा नदेखिएका कारण जुनारको उत्पादन बढ्ने देखिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका सूचना अधिकारी विनिसा श्रेष्ठका अनुसार हाल रामेछाप जिल्लामा कुल ५४० हेक्टर जमिनमा जुनार खेती हुँदै आएको छ । किसानले प्रतिकिलो ५० रुपैयाँका दरले मात्रै बिक्री गर्दा पनि यसवर्ष २२ करोड ६८ हजार रुपैयाँ बराबरको जनार उत्पादन हुने अनुमान गरिएको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र मन्थली र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम कार्यान्वयन इकाईले रामेछापका किसानलाई अमीलो जातका फलफूल खेतीमा सहयोग गर्दै आएको छ । जसका कारण किसानहरु जुनार खेतीमा आकर्षित भइरहेका छन् ।
रामेछापको ओख्रेनी, च्यास्कु, सुकाजोर, रामेछाप, रामपुर, हिमगंगा, सालु, देउराली, सुनारपानी, भलुवाजोर लगायतका साविकका गाविसहरुमा व्यवसायिक जुनार खेती हुँदै आएको छ । रामेछापको जुनार राजधानी काठमाडौँसहित देशका प्रमुख बजार तथा कोशेलीका रुपमा विदेशमा समेत पुग्दै आएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू