
मुगु । जिल्लाको छायाँनाथरारा नगरपालिका–६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर वार्षिक ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । पुख्र्यौली पेसालाई निरन्तरता दिँदै मौरिपालन व्यवसायबाट सबै खर्च कटाएर ४ लाखबढी आम्दानी गर्दै आएका हुन् ।
रूपबहादुरले आफ्ना बाबुबाजेले थालेको मौरिपालन पेसालाई परम्परागत काठेघारको प्रयोग गरी निरन्तरता दिइरहेको बताए । उनका अनुसार हालसम्म कुनै पनि सरकारी निकाय वा अन्य संस्थाबाट आर्थिक तथा प्रविधिक सहयोग पाएको छैन । ‘बाबुको सीप र क्षमता अनुसरण गरेर व्यवसायलाई निरन्तरता दिँदै आएको छु । सरोकार भएका निकायबाट आर्थिक तथा प्राविधिक सहयोग पाएका मौरीपालन पेसालाई व्यावसायिक बनाउने योजना थियो,’ उनले भने ।
उनले परम्परागत तरिकाले तयार गरिएको महको गुणस्तरलाई स्थानीय तथा सदरमुकामका उपभोक्ताले निकै रुचाउने प्रतिक्रिया आइरहेको बताए । ‘ग्राहकहरू मह किन्नका लागि घरमै आइपुग्ने गर्नुहुन्छ । उत्पादित मह लिन टाढाबाट पनि ग्राहक आउनुहुन्छ । वर्षमा दुई पटक मह निकाल्ने र बेच्ने गरेको छु । त्यसैबाट घरका दशजनाको परिवारको खर्च व्यवस्थापन हुँदै आएको छ’, रूपबहादुरले भने । जेठ र कात्तिक गरी दुई पटक मह निकालेर बेच्दा सबै खर्च कटाउर ४ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले जानकारी दिए ।
आधुनिक घार भन्दा हिमाली मौरी काठका परम्परागत घारमा बस्न रुचाउने भन्दै रूपबहादुरले यहाँ उत्पादित मह सतप्रतिशत आर्गानिक र गुणस्तरीय हुने दाबी गरे । सदरमुकाम गमगढी बजारबाट तीन घण्टा पैदल दूरीमा रहेको लिउँडी गाउँका रूपबहादुरका लागि यो पेसा आम्दानीको स्रोत मात्र नभइ पुख्र्यौली व्यवसायको एक नमूना पनि हो । परम्परागत काठेघारमा मौरीपालनको सुरुवात उनका बुबाले गरेका थिए । विकट बस्तीमा मौरीपालनका कठिनाइसँग जुध्दै उनले व्यावसायिक उत्साह र परिश्रमले जिल्लामा मौरीपालनको उदाहरणीय नमूना प्रस्तुत गरिरहेका छन् ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम