
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा रहेको थियो ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ र बिक्रीदर १७९ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा रहेको थियो । आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर १०७ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा रहेको थियो ।
स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ७३ पैसा र बिक्रीदर १११ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४६ पैसा र बिक्रीदर १११ रुपैयाँ ९० पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ १० पैसा र बिक्रीदर १२० रुपैयाँ ५७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५४ पैसा र बिक्रीदर २२ रुपैयाँ ६३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७६ पैसा र बिक्रीदर ४० रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४२ रुपैयाँ १२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४ रुपैयाँ ७५ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ २५ पैसा र बिक्रीदर १० रुपैयाँ २९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९६ पैसा र बिक्रीदर २४ रुपैयाँ ०५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ २० पैसा र बिक्रीदर ५०१ रुपैयाँ १६ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ७७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।












समाचार
श्रीमानले बँदेल नियन्त्रणका लागि राखेको करेन्ट लागेर श्रीमतीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
मौद्रिक नीतिमा आर्थिक स्थायित्व र वृद्धिको सन्तुलन आवश्यक: कार्यवाहक गभर्नर पण्डित
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड
विश्वकप फुटबल : आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा
पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण
विश्वकप फुटबल : स्वीडेनमाथि फ्रान्सको सानदार जित, एम्बाप्पेको दुई गोल