
काठमाडौं । साताको कारोबार हुने तेस्रो दिन सेयर बजार परिसूचकमा हरियाली छाएको छ । अघिल्लो दिन पनि दोहोरो अंकले बढेको नेप्से परिसूचक आज पनि ३३ अंकभन्दा बढीले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ३३.०३ अंकले बढेर २७१.६६ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.२४ प्रतिशतले धेरै हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २११ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५० अंकले बढेर ४७७.५७ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १३ वटैको सेयर मूल्यमा हरियाली छाएको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ४४ करोडभन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१२ कम्पनीका १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयर ७५ हजार ५७२ पटक खरिद बिक्री हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज कारोबार भएका कम्पनीमध्ये ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लोगको छ ।












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह