
काठमाडौं । रासमस होजलुन्डको उत्कृष्ट प्रदर्शनका कारण म्यानचेस्टर युनाइटेडले बिहीबार राति युरोपा लिगको खेलमा नर्वेजियन टोली बोडो ग्लिम्टलाई ३–२ ले पराजित गरेको छ । नयाँ प्रशिक्षक रुबेन अमोरिमको नेतृत्वमा युनाइटेड पहिलो जित दर्ता गर्न सफल भएको हो ।
होजलुन्डको पासमा पहिलो मिनेटमै अलेजान्ड्रो गार्नाचो गोल गरेका थिए । खेल रोमाञ्चक मोडमा पुगेपछि युनाइटेडले पुनरागमन गर्दै दुई जित र तीन बराबरीसहित प्रतियोगितामा अपराजित यात्रा जारी राख्यो । होजलुन्डले हाफटाइमअघि बराबरी गोल फर्काए । दोस्रो हाफको पाँचौं मिनेटमा म्यानुएल उगार्टेको क्रसमा उनले निर्णायक गोल गरेका थिए ।
खेलपछि अमोरिमले भने, ‘टिमले उत्कृष्ट प्रदर्शन गर्यो । केटाहरूले मैदानमा जोशिलो प्रदर्शन गरे र हाम्रो योजना सफल भयो ।’
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह